logo

३० करोडको लागत र ३० रोपनी क्षेत्रफलमा खुल्यो हाइड्रोपावर एकेडेमी, जलविद्युत व्यवसायीले सिक्न पाउने

    1722   पटक पढिएको

३० कात्तिक / अर्थ र व्यापार – स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपाल हाइड्रोपावर एकेडमी सञ्चालनमा ल्याएको छ । ईप्पानले मंगलबार आफ्नो १९ र २०औं वार्षिक साधारणसभामा नेपाल हाइड्रो पावर एकेडमी सञ्चालनमा ल्याएको बताएको हो ।
संस्थाले ३० करोड रुपैयाँ लागतमा धादिङमा नेपाल हाइड्रो पावर एकेडमी नामक संस्था सञ्चालनमा ल्याएको हो । ईप्पानका अनुसार जलविद्युतमा आउन चाहने नव उद्यमी तथा काम गरिरहेकाहरुलाई सिकाउने जलविद्युतका तालिम तथा सीपहरु प्रदान गर्नका लागि एकेडमी सञ्चालनमा ल्याएको हो ।
सो एकेडमीमा जलविद्युत सम्बन्धि विभिन्न मेसिनहरु रहेका छन् भने जलविद्युत क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका प्रशिक्षकहरुबाट प्रशिक्षण गराइनेछ । सो संस्थामा तीन प्याकेजिङमा तालिम दिइनेछ । तीन महिना समायवधिको तालिम हुने एकेडमीको भनाई छ । 
कार्यक्रममा  सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत व्यवसायीहरुको क्षमता अभिवृद्धि र सीप विकासका लागि सो एकेडमीले महत्वपूर्ण काम गर्ने पनि बताए । यसैगरि, उनले देशमा जलविद्युत क्षेत्रको विकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । उनले विदेशमा बिजुली खपत गर्ने नभई स्वदेशमै खपत गर्न तर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखे । उनका अनुसार जलविद्यतुकर्मीहरुलाई सहज र सहुलियतका लागि विभिन्न सुविधाहरु दिन पनि सरकार तयार रहेको बताए । 
‘अब देशमा खपत बढाउन आवश्यक छ, विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान उपलब्ध गराउँछ, तपाईंहरु अघि बढ्नुस्, सरकारले कस्तो सुविधा दिनु पर्छ, हामी तयार छौं’ उनले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।