logo

एक अर्ब लगानीमा वीरगञ्जमा खुल्यो चार तारे रिसोर्ट 

    2613   पटक पढिएको


३ पुस/अर्थ र व्यापार– वीरगञ्जमा एक अर्ब रुपैयाँको लागानीमा चार तारे रिसोर्ट क्लर्क्स सञ्चालनमा आएको छ।

हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालिले वीरगञ्जको गण्डकमा क्लर्क्स रिसोर्ट सञ्चालनमा ल्याएको हो । रिसोर्टको व्यवस्थापन भारतको होटेल चेन क्लर्क्सले गरेको छ । 

हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालिका अध्यक्ष सुनीलकुमार खेतानले क्लर्क्सको भारतबाहिर यो पहिलो फ्रेन्चाइज रिसोर्ट भएको बताए । 

खेतानले अहिले आंशिक रुपमा सञ्चालन भएको रिसोर्ट आगामी वर्षको दीपावलीदेखि पूर्ण क्षमतामा चल्ने बताए। २ विगाह क्षेत्रफलमा खुलेको रिसोर्टमा अहिले ३ ओटा ब्याङ्क्वेट, ३ ओटा कन्भेन्सल हल र रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

रिसोर्टलाई निकट भविष्यमै पाँच तारे पूर्वाधारमा स्तरोन्नति गर्ने कम्पनीको योजना छ । ६० कोठासहितको संरचनामा तयार भइरहेको रिसोर्टमा ४ एक्जुक्युटिभ सुइट, ८÷८ ओटा एक्जुक्युटिभ र सुइट कोठा, १६ ट्वीन र २ दर्जन किंग रुम हुनेछन् ।

रिसोर्टमा स्विमिंग पुल, जिम, साउना, बार, रेष्टुरेन्ट, लन्ज, क्यासिनो, २५० जना क्षमताका ओपेन एयर थियेटर, ओपेन एयर रेष्टुरेन्ट र २ हजार जना क्षमताको ब्यांक्वेट लगायतका सुविधा रहेको छ । 

रिसोर्टले वीरगञ्ज तथा छिमेकी भारतका ग्राहकलाई लक्षित गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।