logo

हिमालयन शेर्पा फाउन्डेसनद्वारा दुई विदेशी नागरिक सम्मानित

    2314   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालको सम्रग विकास पर्यटनबाट मात्रै सम्भव हुने बताएका छन् । उनले हिमालयन शेर्पा फाउन्डेसनले जस्तै अरु निजी क्षेत्रले काम गरे नेपालको विकास खोज्न धेरै समय नलाग्ने बताएका छन् । 

हिमालयन शेर्पा फाउन्डेसनद्वारा आयोजित समाजसेवी सम्मान कार्यक्रममा सचिव देवकोटाले नेपालको विकासको लागि अहोरात्र लागि परिरहने जर्मनी नागरिकद्वय डा.मेथियस वाउमन र फ्रेक स्टेवलरलाई अभिनन्दन गरेका थिए । अभिन्नदित वाउमन जर्मनका वरिष्ठ सर्जरी डाक्टर हुन् । उनले सगरमाथा आरोहण गरिसकेका छन् । यति मात्र नभई नेपालमा परेका विभिन्न विपद्मा पनि सधै सहयोग गर्ने गरेका छन ।

सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिमपहिरो आउँदो १६ जना भन्दा बढी आरोहीहरुको निधन हुँदा उनले त्यहाँ पुगी दुर्घटनामा परेका आरोहीहरुलाई बचाउने कार्य र मृतक आरोहीहरुको खोजी कार्यमा लागेका थिए । त्यसैगरी नेपालमा भूकम्प गएको खबर पाएपछि पुनः नेपालमा आइ भूकम्पपिडित, बिरामीहरुको सेवा गरेका थिए भने धेरै भत्केका भौतिक संरचनाहरुको तयारी कार्यमा पनि संलग्न भएका थिए ।

त्यस्तै कार्यक्रममा फ्रेक स्टेवलर लाई पनि सम्मान गरियो । उनले सन् २०१५,२०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ जितिसकेका छन् । उनले हिमालयन शेर्पा अस्पताल निर्माण कार्यमा आर्थिक संकलन गर्नका लागि नेपाल आएका थिए । विश्व विजेता हुने बेलामा समेत उनले नेपाल र हिमालयन शेर्पा अस्पताल निर्माणको कुरा राख्दै आर्थिक संकलन कार्यमा विशेष भूमिका निर्वाह गरेका छन् । 

हिमालयन शेर्पा फाउन्डेसनले निर्माण गरेको सो हिमालयन शेर्पा हस्पिटल खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं ३ फाक्दिङ क्षेत्रमा पर्दछ । फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पालले सो अस्पताल निशुल्क सेवा दिने उद्देश्यले खोलिएको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।