logo

चलचित्र जालो आज प्रदर्शित हुँदै

    2757   पटक पढिएको

जेठ १९ / अर्थ र व्यापार-एउटा प्रयोगात्मक चलचित्र जालो आज शुक्रबार सार्वजनिक हुनेछ  । यो चलचित्र  १ घण्टा ४७ मिनेटभन्दा केही सेकेन्ड बढी अवधिको छ  । यो चलचित्र जालो छायाँकार हरि घले लामाले एकै सटमा खिचेका हुन् । अर्थात् उक्त चलचित्र क्यामेरा अन गरेपछि पूरै चलचित्र खिचेर अफ गरिने तरिकाबाट खिचिएको छ । निर्देशक अराज केशवको अनुसार यसरी एउटा पूरै चलचित्र एकै सटमा संसारमै  पहिलो पटक खिचिएको हो । त्यसैले, उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा पनि यसको दाबी गरिसकेको छ ।

दुई श्रृंखलामा चलचित्रलाई बनाइएको छ । पहिलो श्रृंखला जालो हो भने दोस्रो श्रृंखला जालो रिटर्नस् हो । आज शुक्रबार जालो मात्र प्रदर्शन हुनेछ भने त्यसको केही महिनापछि जालो रिटर्नस् देखाइनेछ ।

निर्देशक केशवले नाटकमा झैं कलाकारहरूलाई धेरै दिनसम्म पूर्वाभ्यास गरेपछि मात्र छायांकन गर्न थालेका थिए । चलचित्र जालो सस्पेन्स र थ्रिल अवधारणाको रुपमा रहेको छ । यसमा एउटा घरभित्र घट्ने अनौठा घटनालाई कथाका रूपमा प्रस्तुत गरिएको छ । विपिन मल्लको सम्पादन, सत्यम राना, अक्की शर्मा र गौतमराज खड्काको भीएफएक्स चलचित्र जालोमा रहेको छ भने चलचित्रका निर्माता मोहित मुनाल, अराज केशव र धद्दानी गिरी हुन् । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।