logo

भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य छ

मनिता पौडेल, मिस टुरिजम–२०१८

    3108   पटक पढिएको

० मिस टुरिजम–२०१८ को उपाधी जित्नुभएको छ, कस्तो अनुभव भईरहेको छ ?

सबैभन्दा पहिला त मिस टुरिजमका आयोजक प्वाईन्ट मिडिया प्रा.लि.लाई धन्यवाद दिन चाहन्छु । म जस्ता पर्यटन क्षेत्रमै केही गरौं भन्ने युवाहरुको लागि मिस टुरिजम् वास्तवमै एउटा गतिलो प्ल्याटफर्म रहेछ । मिस टुरिजममा सहभागि भएदेखी उपाधी हाँसिल गर्दासम्मको क्षणहरु वास्तवमै अविश्मरणीय छन् । मिस टुरिजमको ताज पहिरिपछि अझै बढि जिम्मेवारीबोध भएको छ । यो क्षण अत्यन्तै उत्साहजनक छ । म शब्दमा पनि वर्णन गर्न सक्दिन । म मेरो ममि, ड्याडी, साथिहरु अनि आफन्तहरुको साथ सहयोग र उत्प्रेरणले नै यहाँसम्म आईपुगें र यो उपलब्धि हाँसिल गर्न सकें । म उहाँहरु सबैलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । 

० तपाईंमा भएको के–कस्ता विशेषताहरुले मिस टुरिजम–२०१८ को उपाधी दिलायो जस्तो लाग्छ ?

मुख्यतः म मा भएको एटेन्सन, डिटरमिनेसन र कन्फिडेन्टले नै मलाई उपाधी दिलायो जस्तो लाग्छ । त्यसका साथै मिस टुरिजम्को ट्रेनिङ अवधिमा मैले निकै कुराहरु सिक्ने अवसर पाएँ । ट्रेनिङ अवधिमा सिकेका हरेक चिज,सम्पुर्ण आफन्त र साथिहरुको हौसलाले मलाई अझ बढी मेहनत गर्न र यसैमा बढी फोकस हुन प्रेरणा प्रदान ग¥यो र उपाधिसम्म पुग्न सफल भएँ । 

० मिस टुरिजम–२०१८ को उपाधी त जित्नुभयो । अव भविष्यको योजनाहरु के छन ?

सर्वप्रथम त म टुरिजम्कै विद्यार्थी भएको नाताले मैले मेरो भविष्य पनि यसै क्षेत्रमा बनाउने लक्ष्य लिएको छु । पढाईलाई निरन्तरता दिँदै भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य लिएको छु । त्यसका साथै नेपालको पर्यटकिय गन्तव्यहरुको प्रबद्र्धन, पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धिका लागी केहि अभियानहरु ल्याउने सोचमा छु । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । त्यो अभियानमा हामीजस्ता धेरैभन्दा धेरै युवाहरुलाई समेट्न मेरो पहल हुनेछ । त्यसबाहेक नेपाली महिलाहरुको सशक्तिकरणका लागी मेरो तर्फवाट जे गर्न सक्छु,त्यसमा सक्रिय हुने मन छ । त्यसवाहेक समाजसेवाका क्षेत्रमा केहि गर्ने मेरो चाहना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।