logo

नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्नु गैरकानुनी हुने व्यवस्था लागु

    2041   पटक पढिएको

२७ मंसिर /अर्थ र व्यापार  - नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्दा जेल जानुपर्ने भएको छ । सरकारले सो दरका नोटहरु नेपालमा बोक्नु गैरकानूनी हुने व्यवस्था लागु गरेको छ । मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले सो निर्णय गरेको सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालमा भारतीय १०० दरको नोटमात्र बोक्न पाइन्छ,अन्य दरका नोट नपाइने भएको हुँदा यो निर्णय गरिएको हो, बास्कोटाले मन्त्रीपरिषद्को बैठकको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भने ।यसभन्दा अगाडि ५०० र १००० दरका नोट बोक्न नेपालमा प्रतिबन्ध थियो । कतिपय व्यक्तिले यही नोट बोकेको आरोपमा जेल समेत जानु परेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउदा ५०० र १००० दरको नोट बोक्न दिने निर्णय भएको थियो ।

तर,नरेन्द्र मोदीले ५०० र १००० दरको नोट प्रतिबन्ध लगाएपछि नेपालमा रहेको नोट भने साटिएको थिएन । भारत सरकारले अहिले २००,५०० र २००० को दरको नोट प्रचलनमा ल्याएको छ । नेपालको व्यापार भारतसँग हुने र बैदेशिक रोजगारीमा जाने नेपालीले सो दरका नोट बोक्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।